

कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कर्पियो ठोक्किदा दुर्घटना, दुई जनाको मृत्यु


। कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कर्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डअन्तर्गत गएराति कपिलवस्तु नगरपालिका १२ पिप्रराहवामा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डअन्तर्गतकाे पिप्ररहवामा रोकिराखिएको ट्रकमा बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको UP 32 CA 8343 नम्बरको भारतीय स्कार्पियो ठोक्किँदा साे दुर्घटना भएको थियो ।
उक्त स्कर्पियो सडक किनारमा रोकि राखेकाे लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका-११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका-६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ ।
दुवैको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते तीन जनाको उपचार जारी रहेको र चिन्ताजनक अवस्था नरहेको बताइएको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया