पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका -७बनगाई स्थित पारिजात माध्यमिक बिद्यालयकाे बार्षिक परिक्षाफल तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ। साेमबार आयोजित कार्यक्रमकाे समाजसेवी तथा याेग चिकित्सक ज्येष्ठ नागरिक आत्मराम आचार्यले उदघाटन गरे।साेही अवसरमा बाेल्दै उनले बिद्यालयले उत्कृष्ट नतिजाका साथ यश क्षेत्र कै नमुना बिद्यालयकाे रूपमा स्थापित हुन सफल भएको बताए । कार्यक्रममा वडा न.७का वडा अध्यक्ष बिष्णु गिरीले नगरल २०८२सालमा लिएको कक्षा ८काे परिक्षामा सहभागी २८जना परिक्षार्थीहरू उत्कृष्ट नतिजाका साथ उत्तीर्ण हुन सफल हुनुका साथै पारिजात मा.बि.नगरकाे मुल्यांकनमा उत्कृष्टमा पर्न सफल भएको बताए । साथै उनले कक्षा ८ ,१० र १२ मा उत्कृष्ट हुने बिद्यार्थीहरूलाई वडाको तर्फबाट नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए ।अध्यक्ष बसन्तराज खनालले शिक्षक ,बिद्यार्थी र अभिभावककाेअथक मेहनतले नै हरेक बर्ष उत्कृष्ट नतिजाका साथ बिद्यालयले सफलता प्राप्त गर्न सफल भएको बताए । बिद्यालयका प्रचार्य भाेजराज पाेख्रेलले बिद्यार्थीहरू अंकमा मात्र नभई ब्यवहारमा उत्कृष्ट हुनुपर्ने भन्दै किताबी ज्ञान सँगसँगै संस्कार सहितको ज्ञान प्रदान गर्दै आएकाे बताए । त्यस्तै :अभिभावक कमल अधिकारीले बिद्यालयले अभिभावककाे मन जित्न सफल भएको भन्दै ब्यवस्थापकीय पक्ष राम्रो रहेको बताउदै बिद्यालयले अध्ययनसँगसँगै बिद्यार्थीका समग्र बिकासमा ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा बाेल्ने बिद्यार्थीहरूले बिद्यालय किताबी ज्ञान प्राप्त गर्ने पाठशाला मात्र नभई दाेस्राे घरको रूपमा साबित भएको बताए । यसैबीच बिद्यालयले परिक्षा ,विभिन्न बिधा र अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट हुन सफल बिद्यार्थीहरूलाई ट्रफी ,मेडल ,मायाको चिनाे ,अवार्डसँगै शैक्षिक सामग्री पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरूले विभिन्न भेषभुषा,कला संस्कृति झल्काउने नृत्य तथा नाटक प्रस्तुत गरेका थिए।शिक्षसका गाेमा जिसिकाे स्वागत तथा सहायक प्रचार्य रमेश पाण्डे र उत्प्रेरक्षा पराजुलीकाे संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै