

निशुल्क क्षयरोग परिक्षण शिविरमा २ सय जनाले लिए सेवा



सागर बेल्बासे, कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ का २०० जना सेवाग्राहीले निशुल्क क्षयरोग परिक्षण सेवा पाएका छन।वडा नम्बर १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा राखिएको शिविरमा २०० जना सेवाग्राही मध्ये १९४ जनाको छातिको एक्स्रे गर्दा ६० जना सेवाग्राहीको खकार ल्याब परिक्षणका लागि संकलन गरिएको स्वास्थ्य सेवा केन्द्र प्रमुख ईश्वरा खरेलले जानकारी गराउनुभएको छ। बिराट नेपाल मेडिकल ट्रस्टको प्राविधिक सहयोग मा गरिएको शिविर मा पिपरा अस्पताल का डाक्टर संजोग शिवाकोटी ज्यु सहितको सहयोग बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा बाट लिइएको ट्रस्ट कि फोकल प्रसन DPC प्रकृति भण्डारीले जानकारी गराउनुभएको छ

।बाणगङ्गा नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउन बिगत ४ बर्सदेखी निरन्तर शिबिर संचालन गरिरहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभएको छ।यश बर्स पनि आजसम्म नगरका ८ वटा बडामा शिबिर सप्पन्न भैसकेको र अब बाँकी २,४ र ११ नम्बर वडा मा पनि क्रमश गरिने पौडेलले जानकारी गराउनुभएको छ।आज भएको कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य अधिकृत भक्ती पाण्डेले गर्नुभएको थियो। वडाका कार्यवाहक अध्यक्ष लक्ष्मी बहादुर खत्री,ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासे,स्वास्थ्य सेवा केन्द्रका कार्यालय प्रमुख इस्वरा खरेल,मेनका घिमिरे ,भगवती थापा ,वडाका स्वास्थ्य स्वयंसेविका लगायत को उपस्थितिमा भएको शिविरमा वडाका उल्लेख्य जेष्ठ नागरिक हरु सहित आम सर्वसाधारण ले आफ्नै गाउँ टोलमा निशुल्क एक्सरे सहितको स्वास्थ्य जाँच गर्न पाउँदा सहभागीहरुले खुसी ब्यक्त गरेको ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासेले जानकारी दिनुभएको छ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया