कोरोना अस्पतालमा रोल्पाकी संक्रमित महिलाको मृत्यु

मंसिर ३, रुपन्देही
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा. गौतमका अनुसार उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो ।

प्रतिक्रिया

खबर सबै