

रुपन्देहीका ५ वटै मतगणना स्थलमा सुरक्षाका लागि १० फिटका जाली



प्रतिनिधि सभा निर्वाचनको मत गणना स्थल सुरक्षित गर्न रुपन्देहीका पाँचवटै मत गणनास्थलमा १० फिट अग्लो तार जाली लगाइएको छ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार सुरक्षा चुनौतिलाई मध्यनजर गरि मतगणनालाई व्यवस्थित गर्न लागिएको हो । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नं ११ को कार्यालय देवीनगर, निर्वाचन क्षेत्र नम्बर ३ भैरहवा स्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नं ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार विद्युत् आपूर्ति सहज बनाउन तार जालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ। मतगणना परिसरमा सिसी टिभी क्यामरा पनि जडान गरिएको उनले जानकारी दिए। मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी बाहेक अरू कसैलाई तार जाली भित्र छिर्न नपाउने उनले बताए। उनका अनुसार उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया