

रुपन्देहीका ५ वटै मतगणना स्थलमा सुरक्षाका लागि १० फिटका जाली





प्रतिनिधि सभा निर्वाचनको मत गणना स्थल सुरक्षित गर्न रुपन्देहीका पाँचवटै मत गणनास्थलमा १० फिट अग्लो तार जाली लगाइएको छ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार सुरक्षा चुनौतिलाई मध्यनजर गरि मतगणनालाई व्यवस्थित गर्न लागिएको हो । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नं ११ को कार्यालय देवीनगर, निर्वाचन क्षेत्र नम्बर ३ भैरहवा स्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नं ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार विद्युत् आपूर्ति सहज बनाउन तार जालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ। मतगणना परिसरमा सिसी टिभी क्यामरा पनि जडान गरिएको उनले जानकारी दिए। मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी बाहेक अरू कसैलाई तार जाली भित्र छिर्न नपाउने उनले बताए। उनका अनुसार उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया