

कपिलवस्तु–१ मा एमाले उम्मेदवार विश्राम थारुको घरदैलो तीव्र



कपिलवस्तु । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ का नेकपा एमाले उम्मेद्वार विश्राम प्रसाद थारु चौधरीले शुद्धोधन र मायादेवी गाउँपालिकाका चाकलचौडा, रंगपुर, हरनामपुर लगायत विभिन्न गाउँबस्तीमा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ।
घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको थियो। दीर्घकालीन समाधानका लागि स्पष्ट योजना सहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले मधेशको समृद्धिबिना देशको समग्र विकास सम्भव नरहेको धारणा राख्नुभयो।
उहाँले रोजगारी सिर्जनाका लागि आधारभूत पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै मुख्य सडकहरूको स्तरोन्नति, जगदिशपुर जलाशयबाट सिँचाइ विस्तार, कृषि एम्बुलेन्स सेवा सञ्चालन तथा स्वास्थ्य र शिक्षामा सुधारलाई प्राथमिकतामा राखेको बताउनुभयो।
मधेश क्षेत्रमा देखिएका बालविवाह, कुपोषण र जातीय विभेदजस्ता सामाजिक समस्यामा नीतिगत पहल गर्ने प्रतिबद्धता जनाउँदै उहाँले “सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने मूल उद्घोष दोहोर्याउनुभयो। स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा लघुउद्यम प्रवर्द्धन र सामाजिक न्याय सुनिश्चित गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ थियो।
त्यसैगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने पनि चौधरीले उल्लेख गर्नुभयो।
शुद्धोधन र मायादेवी गाउँपालिकाका स्थानीयवासीहरूले सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, स्वास्थ्य सेवा पहुँच विस्तार र रोजगारी सिर्जनालाई प्रमुख चासोका विषयका रूपमा उठाएका थिए।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया