

टी-२० विश्वकप: दक्षिण अफ्रीकासँग भारत पराजित



भारत जारी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकासँग पराजित भएको छ । गएराती सम्पन्न जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ७६ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछाएको भारत १८.५ ओभरमा अल आउट हुदै केवल १११ रन मात्र बनाएको थियो । भारतका लागि शिभम दुवेले सर्बाधिक ४२ रन बनाए भने हार्दिक पाण्डेय र कप्तान सुर्यकुमार यादवले १८-१८ रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेनले ४ विकेट लिए भने केशव महाराजले ३ र कोर्बिन बोचले २ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्बाधिक ६३ रन बनाए भने ट्रीस्टन स्टब्सले अविजित ४४ तथा डेवाल्ड ब्रेभिसले ४५ रन बनाएका थिए । त्यसैगरि भारतीय बलर जसप्रित बमराहले ३ तथा अर्शदीप सिंहले २ विकेट लिएका थिए ।
अब जारी विश्वकपको अर्को खेलमा विहिबार दक्षिण अफ्रीकाले वेस्ट इण्डिजसँग खेल्ने छ भने भारतले जिम्बाबेको सामना गर्ने छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया