

टी-२० विश्वकप: दक्षिण अफ्रीकासँग भारत पराजित

भारत जारी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकासँग पराजित भएको छ । गएराती सम्पन्न जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ७६ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछाएको भारत १८.५ ओभरमा अल आउट हुदै केवल १११ रन मात्र बनाएको थियो । भारतका लागि शिभम दुवेले सर्बाधिक ४२ रन बनाए भने हार्दिक पाण्डेय र कप्तान सुर्यकुमार यादवले १८-१८ रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेनले ४ विकेट लिए भने केशव महाराजले ३ र कोर्बिन बोचले २ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्बाधिक ६३ रन बनाए भने ट्रीस्टन स्टब्सले अविजित ४४ तथा डेवाल्ड ब्रेभिसले ४५ रन बनाएका थिए । त्यसैगरि भारतीय बलर जसप्रित बमराहले ३ तथा अर्शदीप सिंहले २ विकेट लिएका थिए ।
अब जारी विश्वकपको अर्को खेलमा विहिबार दक्षिण अफ्रीकाले वेस्ट इण्डिजसँग खेल्ने छ भने भारतले जिम्बाबेको सामना गर्ने छ ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया