
क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

कपिलवस्तु। विश्राम प्रसाद चौधरी ले विकासलाई थप गतिशील र प्रभावकारी बनाउन सूर्य ध्वजाबाहक उम्मेदवारको विजय आवश्यक रहेको बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार चौधरीले बाणगंगा नगरपालिका वडा नं। ९ स्थित भलवाड क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो।
उहाँले विगत केही वर्षमा क्षेत्रले पूर्वाधार, सडक, शिक्षा तथा सामुदायिक संरचनाका क्षेत्रमा उल्लेखनीय फड्को मारेको उल्लेख गर्दै त्यसमा एमाले नेतृत्वको महत्वपूर्ण भूमिका रहेको दाबी गर्नुभयो।
चौधरीले आगामी दिनमा अधुरा विकास आयोजना सम्पन्न गर्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र जनतासँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा भलवाडबासीले उम्मेदवार चौधरीलाई भव्य स्वागत गरेका थिए। पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा चुनावी माहोल उत्साहपूर्ण देखिएको थियो।
निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्र नं। १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। मतदातामाझ विकासको निरन्तरता, स्थायित्व र नेतृत्वको प्रभावकारिताबारे बहस मुख्य विषयका रूपमा उभिएको देखिन्छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया