

कपिलवस्तुको कृष्णनगरमा ७ लाख बढीको अवैध सामान सशस्त्र प्रहरीबाट बरामद





भारतबाट भन्सार छलि गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब ७ लाख लाख बढीको अटो ,मोटरसाईकल कपडा तथा किराना सामान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको बताएको छ । कृष्णनगर क्षेत्रका विभिन्न स्थानबाट मोटरसाइकल तथा अटो प्रयोग गरी लुकाइछिपाइ नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सामान नियन्त्रणमा लिइएको बताएको छ । नियमित गस्ती तथा विशेष सूचनाको आधारमा खटिएको टोलीले उक्त सामान फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
बरामद गरिएको अटो ,मोटरसाईकल कपडा तथा किराना सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय मा बुझाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रहरी नायव उपरिक्षक मोहन केसीले बताएका छन् ।
सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणका लागि निगरानी कडाइ गरिएको बताउदै केसीले ‘हामीले विशेष सूचना र नियमित गस्तीका क्रममा भारतबाट भन्सार छलि गरी ल्याइँदै गरेको करिब ७ लाख बढीको कपडा तथा किराना सामान अटो,मोटरसाईकल नियन्त्रणमा लिएका छौँ। सीमाक्षेत्रमा हुने अवैध ओसारपसार रोक्न हाम्रो अभियान निरन्तर जारी रहनेछ । कानून विपरीत कार्यमा संलग्न जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याईने के सिले ले बताएका छन् ।‘
सीमाक्षेत्रमा पछिल्लाे समय भन्सार छलिका घटना हन सक्ने भएकोले सशस्त्र प्रहरीले गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको बताएको छ


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया