

आजको मौसम : तराइ भागका केही ठाउँमा कुहिरो कायमै रहने





महाशिवरात्रिको दिन आज देशका उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसोसम्म तराइ भागका केही ठाउँमा कुहिरो कायमै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजे न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसो केही बढेको हो । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सयस रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया