

पश्चिमका केही ठाउँमा फाट्टफुट्ट वर्षा, भोलि धेरै ठाउँमा वर्षा र हिमपात हुने



पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली भएको छ । हिजोदेखि पश्चिमी भेगका केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको छ ।
आज यो प्रणाली पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र भोलि मध्य भेगसम्म फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो हप्ताको मङ्गलवार र बुधवार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेशबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै फेरि वर्षा गराउने प्रणाली सक्रिय भएको हो ।
अघिल्लो बुधवारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर गर्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अरु क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । कोशी र बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेश प्रदेशमा भने असर कम पर्ने सम्भावना छ ।
काठमाण्डौमा पनि भोलि राति छिटपुटसम्म वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ । आज तराई भू–भागका केही ठाउँमा हुस्सु÷कुहिरो लागेको छ भने अरु ठाउँमा आंशिक बदली छ । देशका हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति तराई भेगका थोरै ठाउँमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया