
पश्चिमका केही ठाउँमा फाट्टफुट्ट वर्षा, भोलि धेरै ठाउँमा वर्षा र हिमपात हुने

पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली भएको छ । हिजोदेखि पश्चिमी भेगका केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको छ ।
आज यो प्रणाली पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र भोलि मध्य भेगसम्म फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो हप्ताको मङ्गलवार र बुधवार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेशबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै फेरि वर्षा गराउने प्रणाली सक्रिय भएको हो ।
अघिल्लो बुधवारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर गर्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अरु क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । कोशी र बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेश प्रदेशमा भने असर कम पर्ने सम्भावना छ ।
काठमाण्डौमा पनि भोलि राति छिटपुटसम्म वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ । आज तराई भू–भागका केही ठाउँमा हुस्सु÷कुहिरो लागेको छ भने अरु ठाउँमा आंशिक बदली छ । देशका हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति तराई भेगका थोरै ठाउँमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया