

लुम्बिनी भिजन कलेजमा खेल सप्ताहको भव्य रूपमा उद्घाटन



राधा पाण्डे : लुम्बिनी भिजन कलेजमा खेल सप्ताह कार्यक्रम २०८२ को उद्घाटन भएको छ । पढाईसँगै बालबालिकाको शारीरिक र मानसिक रुपमा विकास गर्दै मनोरञ्जन हासिल गर्ने उद्देश्यले खेल सुरु गरिएको कलेजले जनाएको छ । विशेष
उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान योजना आयोगका उपाध्यक्ष तथा कलेजका अध्यक्ष सरोज खनालले खेलकुदको महत्त्व दर्शाउनुभयो । उहाँले खेलले शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनुका साथै आत्म अनुशासन सिकाउने भएकोले सहभागिता जनाउनु नै महत्त्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा क्याम्पस प्रमुख सुन्दर पाण्डेले विद्यार्थीहरुलाई खेल खेल्नका लागि हौसला दिदै खेलकुदको सही भावना र स्वस्थ प्रतिस्पर्धालाई जीवन्त राख्न अनुरोध गर्नुभयो । उहाँले प्रत्येक वर्ष विद्यार्थीहरूलाई पढाईका अलवा अतिरिक्त क्रियाकलापमा सहभागी बनाउदै आएको र यस वर्ष पनि स्पोर्ट्स मिट उद्घाटनको तयारी गरिएको बताउनु भयो ।
कार्यक्रममा १०+२,बि.बि.ए र बिबिएसका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

उद्घाटन समारोह बाडगंगा नगरपालिकाको ४ नम्बर चोकमा रिबन काटेर र बेलुन उडाएर सुरु गरिएको थियो। विद्यार्थीहरुले उद्घाटन सत्रमा म्याराथनको पहिलो प्रतियोगिता ४ नम्बर चोकबाट सुरु गरेका थिए ।
४ दिनसम्म चल्ने खेल सप्तहा अन्तर्गतम्याराथन, हाइ जम्प, लङ जम्प, ब्याडमिन्टन, क्रीकेट, फुटबल, भलिबल ,४०० मिटर रेस, टक अफ वार लगायतका मनोरञ्जनसँग जोड्ने खेलहरु हुनेछन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया