

लुम्बिनी भिजन कलेजमा खेल सप्ताहको भव्य रूपमा उद्घाटन



राधा पाण्डे : लुम्बिनी भिजन कलेजमा खेल सप्ताह कार्यक्रम २०८२ को उद्घाटन भएको छ । पढाईसँगै बालबालिकाको शारीरिक र मानसिक रुपमा विकास गर्दै मनोरञ्जन हासिल गर्ने उद्देश्यले खेल सुरु गरिएको कलेजले जनाएको छ । विशेष
उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान योजना आयोगका उपाध्यक्ष तथा कलेजका अध्यक्ष सरोज खनालले खेलकुदको महत्त्व दर्शाउनुभयो । उहाँले खेलले शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनुका साथै आत्म अनुशासन सिकाउने भएकोले सहभागिता जनाउनु नै महत्त्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा क्याम्पस प्रमुख सुन्दर पाण्डेले विद्यार्थीहरुलाई खेल खेल्नका लागि हौसला दिदै खेलकुदको सही भावना र स्वस्थ प्रतिस्पर्धालाई जीवन्त राख्न अनुरोध गर्नुभयो । उहाँले प्रत्येक वर्ष विद्यार्थीहरूलाई पढाईका अलवा अतिरिक्त क्रियाकलापमा सहभागी बनाउदै आएको र यस वर्ष पनि स्पोर्ट्स मिट उद्घाटनको तयारी गरिएको बताउनु भयो ।
कार्यक्रममा १०+२,बि.बि.ए र बिबिएसका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

उद्घाटन समारोह बाडगंगा नगरपालिकाको ४ नम्बर चोकमा रिबन काटेर र बेलुन उडाएर सुरु गरिएको थियो। विद्यार्थीहरुले उद्घाटन सत्रमा म्याराथनको पहिलो प्रतियोगिता ४ नम्बर चोकबाट सुरु गरेका थिए ।
४ दिनसम्म चल्ने खेल सप्तहा अन्तर्गतम्याराथन, हाइ जम्प, लङ जम्प, ब्याडमिन्टन, क्रीकेट, फुटबल, भलिबल ,४०० मिटर रेस, टक अफ वार लगायतका मनोरञ्जनसँग जोड्ने खेलहरु हुनेछन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया