

कपिलवस्तुबाट स्वतन्त्र उम्मेदवारी दिएका आशिष शर्माले पाए जीप चिन्ह



कपिलवस्तु । कपिलवस्तु-१ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका युवा नेता आशिष शर्माले चुनाव चिह्न जीप पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जिप चुनाव चिह्न पाएका हुन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु-१ मा १५ जना स्वतन्त्रसहित कुल ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कपिलवस्तु- १ मा नेपाली काँग्रेसबाट उम्मेदवारमा सिफारिस भएपनि पार्टीले अहतर कमाललाई टिकट दिएपछि शर्माले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यस क्षेत्रमा एमालेबाट बिश्राम चौधरी, नेकपाबाट कृष्ण कुँवर, रास्वपाबाट मोहन आचार्य र राप्रपाबाट शत्रुघन प्रसाद चौधरी उम्मेदवार रहेका छन् ।
गत निर्वाचनमा यस क्षेत्रबाट एमालेका बलराम अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । तत्कालिन माओवादी केन्द्रका चक्रपाणी खनालले १८ हजार ९८३ मत प्राप्त गर्दै दोस्रो भएका थिए ।
कपिलवस्तु-१ मा यस पटक १७९ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख ४७ हजार ६५९ रहेका छन् ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया