

राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी


जीतपुर | पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्तीको अवसरमा बाणगंगा वेलफेयर सोसाइटीले भोलि विशेष कार्यक्रमको आयोजना गर्दै भव्य तयारी थालेको छ । बाणगंगा नगरपालिका–४, जीतपुर चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने वेलफेयरले जनाएको छ ।
लोकतन्त्र स्थापना भएपछि सरकारले औपचारिक रूपमा पृथ्वी जयन्ती मनाउन थालेको भए पनि बाणगंगा वेलफेयर सोसाइटीले भने हरेक वर्ष निरन्तर रूपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गर्दै आएको छ ।
वेलफेयरका कार्यालय प्रमुख जनकराज पौडेलले पृथ्वी जयन्ती वेयलफेयर संस्था वा व्यक्तिको मात्र नभई सम्पूर्ण नेपालीको साझा कार्यक्रम भएकाले सबैलाई सहभागिता जनाउन आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय एकता, मेलमिलाप र देशप्रेमको सन्देश फैलाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्य बल, कूटनीति र चातुर्यको प्रयोग गर्दै नेपाल एकीकरणको मूल जग बसाल्नुभएको इतिहास छ । उहाँले आधुनिक नेपालको निर्माणमा अतुलनीय योगदान पुर्याउनुका साथै ‘दिव्योपदेश’ मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन दिनुभएको योगदानको कदर गर्दै हरेक वर्ष पृथ्वी जयन्ती मनाइँदै आएको छ ।
वेलफेयरले स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी तथा युवाहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई राष्ट्रिय एकताको भावनालाई अझ बलियो बनाउन वेलफेयरका अध्यक्ष राज कुमार खाँणले आह्वान गर्नुभएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया