

निर्वाचन लक्षित निर्वाचन प्रहरी को आवेदन दिने युवाहरुको भिड





निर्वाचन लक्षित निर्वाचन प्रहरीको आवेदन लिने सुरु दिनदेखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आवेदन दिने युवाहरुको ठुलो भिड लागेको छ । आवेदन दिने शुक्रवार बिहान १० बजेदेखि सुरु हुने भनिए पनि बिहान ८ बजेदेखि नै आवेदन दिने युवा युवतीको ठुलो जमात देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय गेट बाहिर आवेदन दिनेहरुको ठुलो भिड लागेको थियो । भिडका कारण गेहट बाहिर दर्ता गर्न आवेदकलाई २ लाईन लगाइएको थियो । पहिलो दिन र अत्यधिक जाडो भएकाले आवेदन लिन केही ढिलाई भएको थियो । आवेदन लिन महिला र पुरुष गरी प्रहरी कार्यालय हाता भित्र दुई वटा डेस्क खडा गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
आवेदकको भिडले साँझ ६ बजे सम्म पनि फारम दर्ता गरिएको उनले बताए । उनले आवेदकहरुको भिडलाई मध्यनजर गरी शनिबारदेखि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिने गरी ब्यवस्था मिलाइएको उनले बताए ।

‘सुरु दिन भएकाले केही ढिलो भयो, शनिबारदेखि आवेदन लिने कार्यलाई अझै ब्यवस्थित र सहज बनाउने छौ ’ उनले भने । कपिलवस्तुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार ९ सय ६८ जनाको माग गरिएको छ । जसमध्ये प्रहरी तर्फ २ हजार ६६८ र सशस्त्र तर्फ ३ सय ५० जना माग गरिएको छ । आवेदन दिने मिति पुस २५ देखि माघ १ गते सम्म तोकिएको छ ।
यसैबिच पहिलो दिन कुल २ सय ५० जनाको आवेदन दर्ता भएको प्रहरी नायब उपरिक्षक सिंहले बताए । जसमध्ये पुरुष १ सय ५९ र महिला ९१ रहेका छन र सशस्त्र प्रहरी तर्फ भने एक जनाको मात्र आवेदन दर्ता भएको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया