

तिलौराकोट क्षेत्रका पुरातात्विक जग्गा अधिग्रहण गर्न मुआब्जा





प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट क्षेत्र वरिपरि रहेका महत्वपूर्ण पुरातात्विक स्थल संरक्षणका लागि जग्गा अधिग्रहण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागको प्रस्तावमा जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा अधिग्रहण तथा मुआब्जा निर्धारण गर्न लागिएको हो ।
पुरातत्व विभागका प्रवक्ता एवम् प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरका अनुसार शुक्रबार मुआब्जा (मूल्य) निर्धारण समितिको बैठकले अधिग्रहण गरिने जग्गाको वर्गीकरण गरी मुआब्जा दर तोकिएको बताउनुभयो ।
बैठकको निर्णयबाट पिच सडकमा जोडिएको जग्गाको प्रतिकठ्ठा १८ लाख १६ हजार ५ सय रुपियाँ र कृषियोग्य जग्गाको प्रतिकठ्ठा ८ लाख ७६ हजार ७ सय ५० रुपियाँ मुआब्जा निर्धारण गरिएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०८२-८३ मा अधिग्रहण हुने जग्गा गोबरी ८ क अन्तर्गतका कित्ता नम्बर १२, १९, २१, २२, २४, ६४४, १७३१ र १७८८ तथा मालपारा ४ क अन्तर्गतका कित्ता नम्बर १२, १३, १४, ३२, ३३, ३४, ३५, ३६, ३८, ४१, १२४७, १२४८, १५९०, १६८४, २३७३, २५४४ र २१ रहेका छन् । त्यस्तै सहायक पिच बाटोले छोएको मालपारा १ ख को कित्ता नम्बर ६७६ (घर समेत) र मालपारा ४ क को कित्ता नम्बर १८४४ समेत अधिग्रहण सूचीमा समावेश गरिएको छ ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यसहित तिलौराकोट क्षेत्रको दीर्घकालीन संरक्षणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित मुआब्जा दाबी गर्न जग्गाधनीहरूलाई आग्रह गर्नुभएको छ ।
युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया