

कपिलवस्तुमा २ सय ३५ मदादान स्थल र २ सय ९० मतदान केन्द्र, कति छन् कुल मतदाता ?



कपिलवस्तु | आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कपिलवस्तुमा कुल ३ लाख ९६ हजार २६५ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष २ लाख ११ हजार ८ सय ४६, महिला १ लाख ८४ हजार ४ सय १५ तथा अन्य ४ जना छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ सालको निर्वाचनमा ३ लाख ७८ हजार २३२ मतदाता थिए । निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४७ हजार ६ सय ४९, निर्वाचन क्षेत्र नम्बर २ मा १ लख ३० हजार २ सय २ तथा निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख १८ हजार ४ सय ४ मतदाता रहेको निर्वाचन कार्यालयका सुचना अधिकृत निश्चल मोक्तानले बताए । निर्वाचन आयोगले गत असोज १० गते देखि मंसिर ५ सम्म मतदाता नामावली संकलन गर्दा ७ हजार २ सय ८५ तथा राष्ट्रिय परिचय पत्रका आधारमा ८ हजार ३ सय २२ मतदाता थपिएका थिए ।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात कार्यालयमा ४ हजार ७३१ मतदाता थपिएका थिए । बाह्य जिल्लाको यस कार्यालयमा ५७ जना दर्ता भएको, डुब्लीकेशनमा परेका १ हजार २ सय ६ तथा मृत्यु भएका १ सय ६३ जनाो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकृत निश्चल मोक्तानले बताए । कपिलवस्तुमा एक निर्वाचन स्थल र १८ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमखु कमल भुसालले बताए । बुद्धभुमी नगरपालिका वडा नम्बर ६ स्थित सरस्तवी आधारभुत बिद्यालयमा मतदान स्थल थपिएको हो ।
जिल्लामा कुल २ सय ३५ मदादान स्थल र २ सय ९० मतदान केन्द्र कायम भएको भुसालले बताए । आगामी फागुन २१ गते हुने निर्वाचनकालागि आफुहरुले आन्तरिक तयारी समेत तीब्र पारेको बताए । प्रजिअ जर्नादन गौतम सहितको जिल्ला सुरक्षा समितिको टोलीले जिल्लामा कायम गरिएको सबै निर्वाचन स्थलको स्थलगत निरीक्षण गरी सकेका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया