
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नामावली केन्द्र पठाउने लुम्बिनी कांग्रेसको निर्णय

बुटवल | नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाहरूबाट प्राप्त आकांक्षी उम्मेदवारहरूको नामावली आवश्यक रायसहित केन्द्रमा पठाउने निर्णय गरेको छ ।
दाङमा बसेको प्रदेश कार्यसमितिको बैठकले राष्ट्रिय सभाका साथै प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ कतिपय जिल्ला तथा क्षेत्रबाट नाम छुटेका उम्मेदवारहरूको हकमा समेत कांग्रेस विधानअनुसार आवश्यक राय सल्लाहसहित केन्द्रमा पठाउने निर्णय गरेको हो ।
बैठकले पार्टीको संगठन सुदृढीकरण र क्रियाशील सदस्यता व्यवस्थापनका सम्बन्धमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
कांग्रेसको क्रियाशील सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणका लागि प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमा आवश्यक समन्वय गर्न प्रतिनिधि खटाउने निर्णय गरिएको छ । खटाइएका प्रतिनिधिहरूले एक हप्ताभित्र प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोकिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका मुख्य सचिव मोहनराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बैठकले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार र संयमित भएर अगाडि बढ्न आग्रह गरेको छ ।
बैठकले गत भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको सांघातिक हमलाप्रति गहिरो दुःख पनि व्यक्त गरेको छ । जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया