



आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज विहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् ।
नेपाली टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृङ्खलाका लागि टोलि घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृङ्खलामा नेपालले अमेरिका र युएईसँग समान २-२ खेल खेल्नेछ । यसअघि ओमानमा भएको टी-२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगिसकेको छ । त्यसपछि टोलि ओमानबाटै दुबई पुगेको हो ।
नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीवार घरेलु टोली युएईसँग खेल्नेछ । त्यसपछि नोभेम्बर १ तारिख अर्थात् शनिवार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै नोभेम्बर ५ तारिख अर्थात् कात्तिक १९ गते यो शृङ्खलाको अन्तिम खेल नेपालले यूएईसँग खेलेपछि टोली स्वदेश फर्कनेछ ।
लिग-२ मा १६ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल सातौं स्थानमा छ । दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने यूएई ६ अंकसहित आठौं स्थानमा छ ।

खबर सबै
-
चार जना मन्त्री बन्दै, आजै शपथ
-
आगलागीका घटना बढ्न थाले, सावधानी अपनाउन आग्रह
-
चिच्याएर वर माग्ने सत्यवती मेलामा यसवर्ष पनि महाजोग
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
८४ वर्षको उमेरमा जनवादी गायक रमेश अर्यालको निधन, लक्ष्मणघाटमा अन्त्येष्टि
-
जङ्गली जनावरको आक्रमणबाट १ जनाको मृत्यु












प्रतिक्रिया