

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज विहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् ।
नेपाली टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृङ्खलाका लागि टोलि घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृङ्खलामा नेपालले अमेरिका र युएईसँग समान २-२ खेल खेल्नेछ । यसअघि ओमानमा भएको टी-२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगिसकेको छ । त्यसपछि टोलि ओमानबाटै दुबई पुगेको हो ।
नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीवार घरेलु टोली युएईसँग खेल्नेछ । त्यसपछि नोभेम्बर १ तारिख अर्थात् शनिवार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै नोभेम्बर ५ तारिख अर्थात् कात्तिक १९ गते यो शृङ्खलाको अन्तिम खेल नेपालले यूएईसँग खेलेपछि टोली स्वदेश फर्कनेछ ।
लिग-२ मा १६ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल सातौं स्थानमा छ । दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने यूएई ६ अंकसहित आठौं स्थानमा छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया