



अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

अर्घाखाँची | छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको फोर्स गाडी दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा ५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो ।
१५ जना सवार रहेकोमा ९ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले जानकारी दिनुभयो ।
पाणिनी गाँउपालिका –८ पाली बस्ने चालक २७ वर्षिय बेलबहादुर मुखिया, अर्घाखाँची मालारानी –१ बस्ने बर्ष ७० को भोजराज भुसालको अवस्था गम्भीर रहेको जनाइएको छ। त्यस्तै, छत्रदेव –७ बस्ने बर्ष ६८ की कमलादेवी पाण्डे, मालारानी –१ बस्ने बर्ष ६० कि रिमा भुसाल, मालारानी –१ बस्ने बर्ष ३५ कि सिता भुसाल, रुपन्देही जिल्ला बुटवल –१६ रानीगंज बस्ने बर्ष ५५ कमला सुवेदी, अर्घाखाँची मालारानी –७ बस्ने बर्ष १८ कि पूजा पाण्डे, उहाँकी छोरी बर्ष २ कि पवित्रा पाण्डे, छत्रदेव –५ डाडाँचौपारी बस्ने वर्ष २३ कि अञ्जना रसाइली घाइते हुनुभएको प्रहरीको भनाइ छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

खबर सबै
-
चार जना मन्त्री बन्दै, आजै शपथ
-
आगलागीका घटना बढ्न थाले, सावधानी अपनाउन आग्रह
-
चिच्याएर वर माग्ने सत्यवती मेलामा यसवर्ष पनि महाजोग
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
८४ वर्षको उमेरमा जनवादी गायक रमेश अर्यालको निधन, लक्ष्मणघाटमा अन्त्येष्टि
-
जङ्गली जनावरको आक्रमणबाट १ जनाको मृत्यु












प्रतिक्रिया