

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जना घाइते



अर्घाखाँची | छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको फोर्स गाडी दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा ५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो ।
१५ जना सवार रहेकोमा ९ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले जानकारी दिनुभयो ।
पाणिनी गाँउपालिका –८ पाली बस्ने चालक २७ वर्षिय बेलबहादुर मुखिया, अर्घाखाँची मालारानी –१ बस्ने बर्ष ७० को भोजराज भुसालको अवस्था गम्भीर रहेको जनाइएको छ। त्यस्तै, छत्रदेव –७ बस्ने बर्ष ६८ की कमलादेवी पाण्डे, मालारानी –१ बस्ने बर्ष ६० कि रिमा भुसाल, मालारानी –१ बस्ने बर्ष ३५ कि सिता भुसाल, रुपन्देही जिल्ला बुटवल –१६ रानीगंज बस्ने बर्ष ५५ कमला सुवेदी, अर्घाखाँची मालारानी –७ बस्ने बर्ष १८ कि पूजा पाण्डे, उहाँकी छोरी बर्ष २ कि पवित्रा पाण्डे, छत्रदेव –५ डाडाँचौपारी बस्ने वर्ष २३ कि अञ्जना रसाइली घाइते हुनुभएको प्रहरीको भनाइ छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया