

दाङ : फागुन/चैतमा फुल्ने पलम असोजमै फुल्यो



दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए । “विगतमा फागुन/चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उनले भने ।
यहाँ प्रायः सबै घरमा पलमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन् ।
“तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उनले भने । रासस


खबर सबै
-
तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश
-
जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
-
भारतमा भीषण गर्मी : बिजुली खपतमा कीर्तिमान, चाप बढ्दा ब्ल्याकआउट हुने जोखिम
-
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य
-
कपिलवस्तु सहित यि जिल्लामा ३ दिन सम्म ४० डिग्री गर्मी
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य
-
कपिलवस्तु सहित यि जिल्लामा ३ दिन सम्म ४० डिग्री गर्मी
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए
-
लुम्बिनी प्रदेश नेपालको सबैभन्दा धेरै ‘ख्याउटेपन’ भएको सूचीमा
-
लायन्स क्लब अफ कपिलवस्तुद्वारा “शिव–तुलसा स्मृति छात्रवृत्ति” विद्यार्थीहरुलाई वितरण











प्रतिक्रिया