

यूएईले नेपालीलाई भिसा रोकेपछि अड्कियो राष्ट्रिय क्रिकेट टोली, वेस्ट इन्डिजसँगको खेल के होला ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भिसा समयमा नै नपाउँदा यूएई प्रस्थानमा ढिलाइ भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गर्ने योजना थियो ।
तर, यूएईले पछिल्लो समय नेपालीहरुलाई भिजिट भिसा दिन बन्द गरेका कारण नेपाली टोलीलाई पनि समस्या परेको हो ।
नेपाली टोलीले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा खेल्दा दोस्रो खेल २९ तारिख र अन्तिम खेल २९ तारिखमा खेल्नेछ ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा दिन अनौपचारिक रुपमा रोकेको थियो । गत सोमबारदेखि नै यूएईले नेपालीलाई भिजिट भिसा दिन रोकेपछि त्यहाँको ट्राभल एजेन्सीले नेपाली ट्राभल तथा टुर व्यवसायीलाई प्याकेज बिक्री नगर्न सर्कुलर जारी गरेका छन् ।
अर्को सूचना नआएसम्मको लागि नेपाली नागरिकहरुलाई सबै प्रकारका भिसा दिने काम रोकिएको उल्लेख छ । अर्को सूचना जारी नभएसम्मको लागि नेपाली नागरिकलाई कुनै पनि भिसा थप नगर्न र थपको आवेदन नदिन समेत आग्रह गरेको छ ।
यूएईले नेपालीलाई भिजिट भिसामा दिन रोक लगाएसँगै हाल बिक्री भइसकेको बाहेक अब नयाँ प्याकेजबाट पठाउन समस्या भएको थियो ।
स्रोतका अनुसार यूएईले जेनजी प्रदर्शनका क्रममा हजारौं कैदीबन्दी भागेको र ती व्यक्ति यूएई प्रवेश गर्न सक्ने भन्दै भिसा रोकेको हो ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया