

सर्पदंशबाट एक जनाको मृत्यु



दाङमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ।
राजपुर गाउँपालिका–३, खरदरीयास्थित शंकर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ५५ वर्षीय शालिकराम यादवको सर्पदंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बलमेले सेतोपाटीलाई बताए।
पूर्व प्रअ यादवलाई खरदरीयास्थित आफ्नै घरको आँगनमा आज बिहान ६ बजेतिर योग गर्ने क्रममा विषालु सर्पले डसेको थियो।
उनलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारका क्रममा बिहान ८ साढे बजेतिर उनको प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया