
चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकमा आगलागी हुँदा ३० लाख बढीको क्षति

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा आगलागी हुँदा ३० लाखभन्दा बढीको सरसामान जलेर नष्ट भएको छ।
शनिबार बिहान पौने ८ बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा बैंकमा रहेको सरसामान जलेर नष्ट भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार बैंकमा रहेको एसी, फर्निचर, ल्यापटप कम्प्युटरलगायतका सरसामानहरू जलेर नष्ट भएका छन्।
सो आगलागी शिवराज नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगमा डेढ घन्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले बताए।
आगलागीले भवनबाहिर रहेका केही सरसामानसमेत क्षतिग्रस्त भएको छ। बैंकमा रहेको नगद र अन्य डाटाहरू भने सुरक्षित रहेको शाहले बताए।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया