

चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकमा आगलागी हुँदा ३० लाख बढीको क्षति



चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा आगलागी हुँदा ३० लाखभन्दा बढीको सरसामान जलेर नष्ट भएको छ।
शनिबार बिहान पौने ८ बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा बैंकमा रहेको सरसामान जलेर नष्ट भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार बैंकमा रहेको एसी, फर्निचर, ल्यापटप कम्प्युटरलगायतका सरसामानहरू जलेर नष्ट भएका छन्।
सो आगलागी शिवराज नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगमा डेढ घन्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले बताए।
आगलागीले भवनबाहिर रहेका केही सरसामानसमेत क्षतिग्रस्त भएको छ। बैंकमा रहेको नगद र अन्य डाटाहरू भने सुरक्षित रहेको शाहले बताए।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया