

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किदाँ एक जनाको मृत्यु, १२ जना घाईते





पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगे जंगलमा एम्बुलेन्स र बिंगर एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
सोमबार करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ बर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
अर्घाखाचीबाट बुटवल जादै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जादै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
घाईतेहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको जनाईएको छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पताल, युनाईटेड हस्पिटल र सि एण्ड सि हस्पिटल चारनम्बरमा उपचार भईरहेको छ ।
घटनाबारे थप उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना बाणगंगा र बुद्वभुमि नगरपालिकाकाे सिमा क्षेत्र बलहुन्द्रा खाेला नजिकै भएकाे हाे ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया