

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किदाँ एक जनाको मृत्यु, १२ जना घाईते



पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगे जंगलमा एम्बुलेन्स र बिंगर एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
सोमबार करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ बर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
अर्घाखाचीबाट बुटवल जादै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जादै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
घाईतेहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको जनाईएको छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पताल, युनाईटेड हस्पिटल र सि एण्ड सि हस्पिटल चारनम्बरमा उपचार भईरहेको छ ।
घटनाबारे थप उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना बाणगंगा र बुद्वभुमि नगरपालिकाकाे सिमा क्षेत्र बलहुन्द्रा खाेला नजिकै भएकाे हाे ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया