पानी जमेकाे खाडलमा डुबेर बालककाे मृत्यु

कैलालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको  धनगढी उपमहानगरपालिका– १२  सी गाँउका  ८ वर्षीय शिद्धार्थ श्रेष्ठको डुबेर मृत्यु भएको छ।

घर नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा  डुवेका  बालकलाई सेती प्रादेशिक अस्पताल धनगढी अस्पताल पुर्‍याउँदा चिकित्कसले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार प्रहरीलाई बालक डुबेको बारे राति सवा ९ बजे मात्रै खबर भएको थियो ।

बालकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

खबर सबै