

पाल्पा : जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक गम्भीर


पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् ।
दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेका छन् ।
सोमबार बेलुका पूर्वखोला गाउँपालिका ५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप सडकबाट खसेको थियो ।
जीप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया