

बुटवलमा अवैधानिक रुपमा चलेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला


बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरुलाई अनुगमन टोलीले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो ।
रुपन्देहीका सहयाक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले जनताको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको दर्ता विनाका ६ वटा क्लिनिक र एउटा डेण्टललाई बन्द गराइएको बताए । अनुगमन टोलीले बुटवल अस्पताललाईनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराएको हो ।
त्यस्तै बरदान क्लिनिक प्रा.लि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको उनले बताए । अनुगमन टोलीले अस्पताललाईनकै बुटवल डेण्टल प्रा।लीलाई पनि बन्द गरेको छ । दर्ता विना नै सञ्चालनको रहेको भन्दै डेण्टल बन्द गराइएको हो ।
अनुगमनका क्रममा अधिकांश मेडिकलहरुले क्लिनिकहरु सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको थियो । अनुगमन स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग बािणज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोत्ता हित संरक्षण मञ्च, प्रहरीको रोहबरमा गरिएको थियो ।
बन्द गरिएका सवै क्लिनिक सञ्चालकहरुलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमती दिईने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया