बजेट सार्वजनिक गर्ने समय ५ बजे सर्यो

काठमाडौं ।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने समय सरेको छ । यसअघि दिउँसो ३ बजे सरकारले अगामी वर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको थियो ।

तर, आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिएका हुन् । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट पेस गर्नेछन् ।

प्रतिक्रिया

खबर सबै