
नयाँ वर्षमा कपिलवस्तु फोटोग्राफर संघको भित्तेपात्रो विमोचन

जितपुर । नववर्ष २०८२ सालको उपलक्ष्यमा कपिलवस्तु फोटोग्राफर संघले भित्तेपात्रो विमोचन गरेको छ । संघले आईतवार शुभकामना आदान–प्रदान संगै भित्तेपात्रो विमोचन गरेको हो ।
”श्रष्टा र सीप हाम्रो पहिचान, फोटोग्राफरहरूमा एकता हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि वाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले भित्तेपात्रो विमोचन गर्दै फोटोग्राफरहरूको भूमिकालाई सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरिन् ।
विशिष्ट अतिथि तथा वाणगंगा नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुसिला पन्तले फोटोग्राफरहरूको पेशागत एकता र समाजमा उनीहरूको योगदान महत्वपूर्ण रहेको बताइन् ।
कार्यक्रमको अध्यक्षता कपिलवस्तु फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र बेल्बासेले गरेका थिए । उनले संघको तर्फबाट नयाँ वर्षको शुभकामना व्यक्त गर्दै संघले आगामी दिनहरूमा पनि सृजनात्मक गतिविधिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
करिब ५० जना फोटोग्राफरहरूको उपस्थिति रहेको कार्यक्रम संघका सचिव कुमार तिवारीले संचालन गरेका थिए । कार्यक्रम पञ्चावी तड्का रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, ठाकुरपुरमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया