

लुम्बिनी प्रदेशमा चट्याङले एक किशोरीको मृत्यु, छाना उडे, घर जले





बुटवल । बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने केही भवनहरुमा क्षति पुगेको छ ।
चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
डीआईजी कार्कीका अनुसार बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुबै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको कार्कीले बताए ।
रोल्पाको गंगादेव गाउँपालिका र अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पनि हावाहुरीले क्षति पुर्याएको छ । बाँकेको सुर्खेत रोडमा पनि हावाहुरीले क्षति पुर्याएको छ । त्यहाँ सडकको बीच भागमा रोपिएका बोटबिरूवा ढलेका छ्न् ।
बिहीबार बिहान ८ बजेसम्म प्राप्त जानकारी अनुसार बर्दियाको मधुवन नगरपालिका १ स्थित शंकर रावलको फुसले छाएको एकतले दुई कोठे घरमा चट्याङ लागेर जलेको डीआईजी कार्कीले बताए ।
यस्तै पाल्पाको तानसेन नगरपालिका वडा नं ६ मा सञ्चालित महोत्सवमा रहेका स्टलहरु हावाहुरीले भत्काइदिएको छ ।
प्रदेशका १२ वटै जिल्लामा हावाहुरी, वर्षा र चट्याङले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको डीआईजी कार्कीले बताए ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया