

लुम्बिनी प्रदेशमा चट्याङले एक किशोरीको मृत्यु, छाना उडे, घर जले



बुटवल । बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने केही भवनहरुमा क्षति पुगेको छ ।
चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
डीआईजी कार्कीका अनुसार बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुबै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको कार्कीले बताए ।
रोल्पाको गंगादेव गाउँपालिका र अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पनि हावाहुरीले क्षति पुर्याएको छ । बाँकेको सुर्खेत रोडमा पनि हावाहुरीले क्षति पुर्याएको छ । त्यहाँ सडकको बीच भागमा रोपिएका बोटबिरूवा ढलेका छ्न् ।
बिहीबार बिहान ८ बजेसम्म प्राप्त जानकारी अनुसार बर्दियाको मधुवन नगरपालिका १ स्थित शंकर रावलको फुसले छाएको एकतले दुई कोठे घरमा चट्याङ लागेर जलेको डीआईजी कार्कीले बताए ।
यस्तै पाल्पाको तानसेन नगरपालिका वडा नं ६ मा सञ्चालित महोत्सवमा रहेका स्टलहरु हावाहुरीले भत्काइदिएको छ ।
प्रदेशका १२ वटै जिल्लामा हावाहुरी, वर्षा र चट्याङले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको डीआईजी कार्कीले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया