
आठ महिनामा भित्रियो २१ अर्बको स्मार्टफोन

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा स्मार्ट फोन आयात बढेको छ ।
गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँको १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो । चालु वर्षको ८ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४लाख ७ हजार ७८ थान स्मार्ट फोन आयात भएको भन्सार विभागले जनाएको छ । स्मार्ट फोन आयात बढ्दा राजस्व सङ्कलन पनि बढेको छ ।
गत वर्षको यसै अवधिमा ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । चालु वर्षमाको यस अवधिमा ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
यसैगरी सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोनसेट आयात भएको विभागले जनाएको छ ।
उक्त परिमाणमा टेलिफोन सेट आयात हुँदा २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया