

रुस-युक्रेन युद्धमा परी रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको निधन

दाङ– रुसी सेनामा कार्यरत रोल्पाका एक पूर्व वडाध्यक्षको रुस–युक्रेन युद्धमा परी निधन भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको निधन भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा पनि पुनः वडाध्यक्षको उम्मेदवार बन्नुभएका बुढाथोकी पराजित बन्नुभएको थियो ।
२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुसी सेनामा रहेका बुढाथोकीले फोन र मेसेज मार्फत परिवारसँग सम्पर्क गर्दै आउनुभएको थियो ।
सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो ।
मृत्युको खबर पाएपछि बुढाथोकीको घरमा सोमबारदेखि नै शुद्ध शान्तीका लागि किरिया सुरु गरिएको छ । पूर्व जनप्रतिनिधि बुढाथोकीको निधन प्रति जनप्रतिनिधि र कर्मचारीहरुले दुख व्यक्त गरेका नेपाल टेलिभिजन अनलाइनमा समाचार छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया