

रुस-युक्रेन युद्धमा परी रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको निधन



दाङ– रुसी सेनामा कार्यरत रोल्पाका एक पूर्व वडाध्यक्षको रुस–युक्रेन युद्धमा परी निधन भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको निधन भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा पनि पुनः वडाध्यक्षको उम्मेदवार बन्नुभएका बुढाथोकी पराजित बन्नुभएको थियो ।
२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुसी सेनामा रहेका बुढाथोकीले फोन र मेसेज मार्फत परिवारसँग सम्पर्क गर्दै आउनुभएको थियो ।
सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो ।
मृत्युको खबर पाएपछि बुढाथोकीको घरमा सोमबारदेखि नै शुद्ध शान्तीका लागि किरिया सुरु गरिएको छ । पूर्व जनप्रतिनिधि बुढाथोकीको निधन प्रति जनप्रतिनिधि र कर्मचारीहरुले दुख व्यक्त गरेका नेपाल टेलिभिजन अनलाइनमा समाचार छ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया