

प्रधानमन्त्री कप : आर्मी, एपएिफ र लुम्बिनी विजयी


प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र लुम्बिनी प्रदेश विजयी भएको छ ।
प्रतियोगितामा आर्मीको लगातार तेस्रो जित हो । बुटवलको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई एक सय २७ रनले हरायो । जितका लागि आर्मीले दिएको दुई सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । जितसँगै आर्मीले ६ अङ्क बनाएको छ ।
यस्तै दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले मधेश प्रदेशलाई दुर्य विकेटले हरायो । जितका लागि मधेशले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको एपिएफले ३६.५ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
यस्तै सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार नै भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो । जितका लागि लुम्बिनीले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन मात्र बनाउन सकेको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया