



प्रधानमन्त्री कप : आर्मी, एपएिफ र लुम्बिनी विजयी


प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र लुम्बिनी प्रदेश विजयी भएको छ ।
प्रतियोगितामा आर्मीको लगातार तेस्रो जित हो । बुटवलको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई एक सय २७ रनले हरायो । जितका लागि आर्मीले दिएको दुई सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । जितसँगै आर्मीले ६ अङ्क बनाएको छ ।
यस्तै दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले मधेश प्रदेशलाई दुर्य विकेटले हरायो । जितका लागि मधेशले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको एपिएफले ३६.५ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
यस्तै सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार नै भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो । जितका लागि लुम्बिनीले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन मात्र बनाउन सकेको थियो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया