

शिव पार्वती मन्दिर आमा समुहको अध्यक्षमा सरस्वती थापा चयन, नवौँ साधारणसभा पनि सम्पन्न





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित शिव पार्वति मन्दिर आमा समुहको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन बिहिबार सम्पन्न भएको छ । सम्पन्न साधारणसभा तथा अधिवेशनले संस्थाको वार्षिक प्रतिवेदन पास गरेको छ भने नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
सम्पन्न अधिवेशनबाट शिव पार्वती मन्दिर आमा समुहको अध्यक्षमा सरस्वती थापा अध्यक्ष रहेको १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा मनकला गिरी, सचिवमा मिना कुमारी गिरी, सह सचिवमा शुस्मा थापा, कोषाध्यक्षमा सिता पाण्डेलाई चयन गरेको छ भने सदस्यहरुमा मिना बेल्वासे, सावित्रा भट्टराई, प्रमिला खनाल, राधा बञ्जाडे, कल्पना भुसाल, गोमा घिमिरे, राधा खनाल, इश्वरा रायमाझी, रोमा कार्की र जुना खनाललाई चयन गरेको छ ।
यसैबिच सम्पन्न भएको नवौँ वार्षिक साधाणसभा कार्यक्रममा समुहका अध्यक्ष सरस्वती थापाको अध्यक्षतासहित वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने समुहका सल्लाहाकारहरु तथा स्थानीय सामुदायिक वनका अध्यक्षहरु, युवा क्लवका अध्यक्ष, जग्गादाता, अक्षयकोष दाता, संचारकर्मी, भजनमण्डली समुह लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष पौडेलले समुदायमा रहेका महिला तथा दिदीबहिनीहरुलाई संगठित गर्ने र उनीहरुलाई सामाजिक कार्यका विभिन्न गतिविधिमा सक्रियता बढाउने कार्यक्रमा शिव पार्वती मन्दिर आमा समुहले भुमिका खेलिरहेको बताए ।
यस्तै कार्यक्रममा समाजसेवी हरिराज घिमिरे, नारायण खनाल, गोपाल गिरी, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसाल, जग्गादाता, भेषराज घिमिरे, प्रयास सामाजिक युवा क्लवका अध्यक्ष हिमु खनाल लगाएतले सम्बोधन गरेका थिए । उनीहरुले आमा समुहले समुदायमा रहेका युवा पुस्ताका महिला तथा युवतीहरुलाई पनि समावेश गरी सबैको समुह बनाउन केन्द्रत हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा समुहका उपाध्यक्ष मनकला गिरीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष विष्णी भुसालको आर्थिक प्रतिवेदन र सचिव मिना कुमारी गिरीको प्रगति प्रतिवेदन तथा संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया