

विप्लव नेतृत्वको नेकपाद्धारा कपिलवस्तुमा ‘सी गार्मेन्ट’ उद्घाटन



कपिलवस्तु । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०द्वारा संचालित सी गार्मेन्ट उद्घाटन भएको छ । शिवराज नगरपालिका–१, बनकट्टामा संचालित गार्मेन्टको पार्टीका अध्यक्ष चन्दले बुधबार उद्घाटन गरेका हुन् ।
अध्यक्ष चन्दले उद्घाटन मन्तव्य राख्दै स्वदेशी उत्पादन बढाइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाउनु पर्नेमा बताए । गार्मेन्ट सञ्चालनबाट नेपाली जनतालाई स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने उद्देश्यले गार्मेन्ट उद्योग संचालन गरेको पनि उनले बताए ।
नेकपा आत्मनिर्भर अर्थतन्त्रको मार्गमा हिँड्ने पार्टीका रूपमा अगाडि बढेको भन्दै सबैलाई उत्पादन र व्यवसायमा जोडिन पनि उनले आग्रह गरे ।
पार्टीको १० लाख लागतमा जेठदेखि संचालित उद्योगले नौ महिनाको अवधिमा कोट, पाइन्ट कमिज ६ सय थान, ट्रयाकसुट ३ सय थान, हाफ पाइन्ट–टिसर्ट ३ सय थान र झुल ३ सय थान उत्पादन गरी बिक्री गरेको गार्मेन्ट इन्चार्ज संगम सीले बताए । ‘अब लगानी पनि बढाउनुपर्ने भएको छ,’ उनले भने, ‘१० लाखबाट सुरु गरेका थियौं, अब २० लाख पुर्याउने लक्ष्य छ ।’


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया