
बुद्ध रङ्गशालामा अभागी बन्यो थ्री स्टार, उपाधि चुम्यो मछिन्द्रले

कपिलवस्तु | मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार आज भएको फाईनल खेलमा थ्रीस्टार एफसीलाई १−० ले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन देवेन्द्र तामाङले निर्णायक गोल गरे । देवेन्द्रले १२औं मिनेटमा गोल गरेका हुन् । एक गोल गर्दै मच्छिन्द्रलाई च्याम्पियन बनाएका देवेन्द्र नै फाईनल खेलको नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
च्याम्पियन बनेसंगै मच्छिन्द्रले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टारले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
दोस्रो सेमिफाइनल खेलमा जोङ्ग्री एफसी सिक्किमविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै मच्छिन्द्र फाइनलमा पुगेको थियो, भने थ्रीस्टार सेमिफाईनल खेलमा संकटा एफसीविरुद्ध १−० को जित निकाल्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।
जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा यस प्रतियोगिताको बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया