

चार करोड बढी लागतमा बन्ने राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको शिलान्यास


दाङ | चार करोड बढी लागतमा बन्ने राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको शिलान्यास भएको छ।
भारतीय दूतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा अस्पतालको भवन निर्माण सुरू भएको हो। भवन निर्माण लागत चार करोड २४ लाख रुपैयाँ भएता पनि कुन निकायको कति भन्नेबारे खुलाइएको छैन।
आगामी २०८३ वैशाखमा भवन निर्माणको काम पूरा गर्ने लक्ष्य राखिएको छ।
तुलसीपुर उपमहानगर– ४ रक्षाचौरमा वि.सं २०४५ सालमा आँखा अस्पताल स्थापना भएको थियो।
हालसम्म राप्ती आँखा अस्पतालले दुई लाख ४४ हजार जनाको शल्यक्रिया गरेको तथ्यांक छ। जसमध्ये ४७ हजार ९५८ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले बताए।
अस्पतालले दाङ, रोल्पा, सल्यान, रूकुम लगायत जिल्लाका आँखाका बिरामीहरूलाई सेवा दिँदै आएको छ।
स्थापनायता ३९ लाख ७७ हजार पाँच सय बढिले अस्पतालबाट सेवा लिएको सूचना अधिकारी खड्काले बताए।
मंगलबार तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्का, भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दनले संयुक्त रूपमा भवनको शिलन्यास गरेका हुन्।
तुलसीपुर नगरले नगरबासीलाई मोतिबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको मेयर खड्काले बताए।
मेयर खड्काले नगरको गौरवका रूपमा रहेको अस्पताललाई प्रदेशकै नमुना आँखा अस्पताल बनाउनका लागि सबैले हातेमातो गर्नुपर्ने बताएका थिए।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया