
लुम्बिनी हबद्वारा अन्तर-विद्यालय कोलाज प्रतियोगिता सम्पन्न

राधा पाण्डे : क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा अन्तर-विद्यालय एस. क्यु. सि. कोलाबोरेटिभ कोलाज प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार श्री सनलाइट इंग्लिस बोर्डिङ स्कूल शुद्धोदन गाउँपालिका वडा नम्बर १ बगडी कपिलवस्तुमा आयोजना गरिएको अन्तर-विद्यालय एस क्यू सी (SQC) कोलाबोरेटिभ कोलाज प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको हो ।

विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले स्थापना भएको यो संस्थाले कार्यक्रममा ११ वटा विद्यालयलाई सहभागीता गराउदै विद्यार्थी गुणस्तर वृत्तको भावना सँगै रचनात्मकता र सहकार्यको माध्यमबाट जीवन्त बनाउन उत्सुक रहेको देखिन्छ ।
“सुखी विद्यार्थी, समृद्ध भविष्य: एस. क्यु. सि. मार्फत सफलताको लागि कल्याणको संवर्द्धन” को नारालाई आत्मसात गर्दै विद्यार्थीहरूले सहकार्य, समस्या समाधान र नवीनताको प्रतिबिम्बित गर्दै उत्कृष्ट एवम् रंगीन कोलाजहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा दिलाराम भट्टराई (बुद्ध शान्ति इंग्लिस बोर्डिङ स्कूल), प्रेमलता चौधरी (श्री सिद्धार्थ विद्या मन्दिर स्कूल), जस्मिन घिमिरे (ज्ञानपुञ्ज बोर्डिङ स्कूल)ले प्रथम स्थान, सन्ध्या थापा (युनाइटेड स्टुडेन्ट्स एकेडेमी), शिक्षा पौडेल (चिल्ड्रेन्स प्याराडाइज इंग्लिस बोर्डिङ स्कूल), रोशनी गहा (ज्ञानपुञ्ज बोर्डिङ स्कूल)ले दोस्रो स्थान, सुभम बन्जाडे (श्री अन्नपूर्ण विद्या मन्दिर माध्यमिक विद्यालय),स्नेहा अर्याल (हठौसा लिटिल स्टार इंग्लिस बोर्डिङ स्कूल), रियान थापा मगर (गोल्डन होराइजन इंग्लिस बोर्डिङ स्कूल)ले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए , विजेताहरूलाई ट्रफी र प्रमाण पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।

कार्यक्रममा क्वेस्ट नेपालका केन्द्रिय समिती सदस्य मिलन भण्डारी ले भविष्यका नेताहरूलाई सहकार्य र रचनात्मकताको महत्वमा जोड दिनुभएको थियो ।
क्वेस्ट नेपाल लुम्बिनी हब कोअर्डिनेटर मदन मल्लको अध्यक्षता, एस.एन. त्रिपाठीको स्वागत साथै नवनीत पाण्डेको संचालनमा कार्यक्रम सप्पन्न भयो ।
कार्यक्रमले विद्यार्थी गुणिय चक्रको (SQC) माध्यमबाट विद्यार्थीमा समग्र गुणस्तर व्यक्तित्व निर्माण गर्ने, व्यक्तिको व्यक्तिगत र पेशागत जीवनमा गुणस्तरको पूर्ण अभ्यासलाई सिकाउने अनि निरन्तर सुधार, उत्कृष्टता र दायित्वबोधको अवधारणालाई अगाडी सारेको देखिन्छ ।
कार्यक्रममा श्री सनलाइट इंग्लिस बोर्डिङ स्कूलका प्रबन्ध निर्देशक एस.एन. त्रिपाठी, प्रधानाध्यापक सङ्गीता पाण्डे , लुम्बिनी हब सचिव डम्बर बहादुर सोमाई, महेश राज पन्त ,विश्वास घिमिरे, नारायण पौडेल, गिर्जेश चौधरी, अनिल वर्मा लगायत विभिन्न विद्यालयका SQC प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया