

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनलबाट एक सफ्टवेयर कम्पनीको खाता ह्याक गरी साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ।
प्रहरीको साइबर ब्यूरोले एफ वान सफट् इन्टरनेसनल प्रालिको सिटिजन बैंकमा रहेको खाताबाट गत असोजमा ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिहरूको खातामा लगिएको थियो।
यसरी सिस्टम ह्याक गरेर चोरी गरेको आरोपमा ब्युरोले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
आफ्नो कम्पनीको खाताबाट अनधिकृतरूपमा रकम निकालिएको भन्दै एफ वान सफ्टका तर्फबाट धीरजकुमार भुजेलले निवेदन दिएका थिए।
यस कम्पनीले सफ्टवेयर निर्माण गर्दै बिक्री वितरण गर्दै आएको छ। सिटिजन्स बैंकको सफ्टवेयर पनि यही कम्पनीले तयार गरेको थियो। यसबापत प्राप्त हुने रकम जम्मा गर्नका लागि त्यही बैंकको दरबारमार्ग शाखामा खाता खोलेको थियो। अक्टोबर १ देखि ४ (असोज १५ देखि १८) को बीचमा यसरी आफ्नो खाताको रकम निकालिएको कम्पनीको दाबी छ।
कम्पनीको निवेदनपछि अनुसन्धान गरेको साइबर ब्युरोले यसमा संलग्न रहेको आरोपमा ललितपुर १६ की ४० वर्षीय त्रिगुणरत्न वज्राचार्य, सिरहाको गोलबजारका २० वर्षीय राहुल ठाकुर, १९ वर्षका पुरुषोत्तम साह, सप्तरीको हनुमाननगरका २१ वर्षीय कृष्ण रमण राउत, राजविराजका ३१ वर्षीय सञ्जीवकुमार शर्मा, उदयपुरका २० वर्षीय कमल थापा मगर, २७ वर्षका दीपक थापा मगर, सुनसरीको धरानका २४ वर्षीय सन्देश राई, सुनसरीकै देवानगञ्जका २२ वर्षीय सागर कुमार साहलाई पक्राउ गरेको थियो।
घटनामा संलग्न रहेका अरू १५ जना फरार रहेको ब्युरोले जनाएको छ। उनीहरूविरुद्ध पनि मुद्दा दर्ता भएको छ। यसरी सिस्टम ह्याक गरेर विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेको प्रहरीको दाबी छ।
उनीहरूलाई विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा कारबाही गर्न र पीडितको रकम भराइदिन अदालत समक्ष माग गरिएको छ। यस कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया